प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत गरेका थिए । कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री प्रचण्ड विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगाण्डा पुगेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *