पूर्वप्रधामन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रोजगारीको खोजीमा युवाहरू रूस-युक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको शवसम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय भएको बताएका छन ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन । ‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस-युक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो १’ उहाँले लेख्नुभएको छ, ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस् । नत्र समयले कसैलाई पर्खनेछैन ।’








