हर्क सम्पाङले वीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

news-details

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले कार्कीको कार्यकक्षमा ताला लगाएका थिए ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *