राष्ट्रपति पौडेलद्वारा एक अध्यादेश जारी

news-details

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌बाट सिफारिस एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संसद्मा हुने प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी अध्यादेशमार्फत नीतिगत व्यवस्था गर्न अध्यादेश सिफारिस गरेको थियो । संसद्मा लामो छलफल हुने तर, त्यसका सुझाव बजेटमा समावेश नहुने अहिलेको परम्परा हटाउन सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *