छानबिन समितिले एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाउने

news-details

टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ ।

गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन ।

मन्त्री शर्माले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानविन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भएपनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको बताइन । उनले सरकारले दिएको समय अवधि माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *