एमडीएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन सरकारलाई संसदीय समितिको निर्देशन

news-details

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात सातदिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एमडीएमएस र टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात बुझाउन निर्देशन दिएको हो ।

समिति सभापति भानुभक्त जोशीले टेरामक्स र एमडीएमएस सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णयका साथै खरिद प्रक्रिया, भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात सात दिनभित्र बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।

समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलगायतका अधिकारीहरूसँग एमडीएमएस र टेरामक्सबारे छलफल गरेको थियो । मन्त्री र उच्च अधिकारीहरूसँगको छलफलपछि एमडीएमएस र टेरामक्सका विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका फैसलासमेत मगाएको हो ।

बैठकमा मन्त्री शर्माले ती प्रणालीका बारेमा विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट भएका कामबारे मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिएकी थिइन् । टेरामक्स र एमडीएमएस खरिदमा अनियमितता भएको पाइएमा सरकारले छानबिन र कारबाही प्रक्रियामा सघाउने मन्त्री शर्माको भनाइ थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *