गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एकजना पक्राउ

news-details

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरी गौशाला २६ (परिवर्तित नाम)को पहिचान सार्वजनिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको तस्वीर, नाम, थर सार्वजनिक गर्ने सङ्खुवासभाका केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

अन्यको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *