सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर हुन सरकारलाई रास्वपाको ध्यानाकर्षण

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको भन्दै यसप्रति गम्भीर हुन आज मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको हो ।

दुर्घटनाहरुप्रति सरकार गम्भीर नभएको भन्दै सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न बाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीसमक्ष आग्रह गरिको रास्वपाले जनाएको छ ।

माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको थियो र ३३ जना घाइते भएको उल्लेख गर्दै यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक पनि उक्त पत्रमा उल्लेख गरिएको छ ।

ती दुर्घटनाहरुमा ९ सय १६ जनाले ज्यान गुमाएको, दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएको जनाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् र तिनमा ६ जनाको मृत्यु, १४ जना गम्भीर घाइते हुन्छन् ।

पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले ज्यान गुमाएका थिए भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका थिए । प्रत्येक वर्ष औसतमा २ हजारभन्दा बढीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *