बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भिर घाइते

news-details

बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिक ५५ बर्षिय गणेश सहनी घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा परी सहनीको शरिरको तल्लो भाग क्षतबिक्षत भएको सो वडाका वडाध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिए ।

उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन ।

सहनी हरेक समारोहमा बेलुल फुलाउने काम गर्दै आएका थिए । भारतको सिलिगुडीबाट उनलाई सोही कामको लागि ल्याइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *