मेयर साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

news-details

धरान उपमहानगरका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन ।

मोटरसाइकल चढेर एक्लै प्रतिष्ठानमा पुगेका मेयर साम्पाङले शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । त्यसपछि उपकुलपतिको कार्यकक्षमा गएर ताला लगाएका हुन ।

कामु उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन नगरेकाले तालाबन्दी गर्नुपरेको मेयर साम्पाङको भनाइ छ ।

आफूले लगाएको ताला नखोल्न पनि उनले चेतावनी दिएका छन । “बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून्, आवश्यक परेका वेला म आफैं आएर खोल्छु ।” ताला लगाउँदै मेयर साम्पाङले भने ।

बीपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ थियो ।

उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि उनी आफ्नो कार्यालयमा फर्किएका थिए ।

बढुवा प्रक्रिया शुरू नभएपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा छन् । आकस्मिक कक्ष, ल्याब, एक्स-रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आइतबार ओपीडीको चाबी अस्पताल प्रशासनलाई बुझाएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *