टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीड अनियन्त्रित हुँदा ८ जना घाइते

news-details

माघी मनाउन काठमाडौंको टुँडिखेलमा पुगेकाहरूको भीड अनियन्त्रित भएको छ ।

मगर र थारू समुदायले माघीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेकाहरुबीच ठेलमठेल हुँदा चेपिएर केही घाइते भएका छन् ।

भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

उक्त माघी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदैछन् ।

थारु समुदाय नयाँ वर्षका रुपमा माघी पर्वलाई धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।

माघी पर्व मनाउन टुँडिखेलमा सर्वसाधारणको संख्या निरन्तर बढिरहेको छ । जसले काठमाडौंको सडकको ट्राफिक अस्तव्यस्त बनेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *