मेला–महोत्सवहरु अर्थतन्त्र सुधारका प्रमाण हुन् : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसवर्ष आयोजना भएका विभिन्न मेला र महोत्सवहरु अर्थतन्त्र सुधारको प्रमाण भएको तर्क गरेका छन् ।

सोमबार अर्घाखाँचीको महोत्सवलाई सम्बोधन गर्न पुगेका प्रचण्डले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकामा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको उल्लेख मात्रै गरेनन् हाल आयोजना भइरहेका मेला–महोत्सवलाई त्यसको प्रमाण भनेर अर्थ्याए ।

अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू विरलै भएको उल्लेख गर्दै प्रचण्डले यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभ संकेत भएको बताए ।

प्रचण्डले यस वर्ष आर्थिक सुधार हुनेमा जोड दिँदै भने,‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू विरलै हुने गर्दथे । तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन् । विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन् । अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौं ।’’

यस्तै प्रचण्डले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढेको जिकिर गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *