रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए ।

उनका अनुसार बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

‘पदयात्रा गर्ने भन्ने छ । कुन कुन आयोजनामा गर्ने र नेताहरू को कता खटिने भन्ने चयन गर्नुपर्नेछ,’ महामन्त्री ढकालले भने । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।

सो पैदलयात्राबाट जनतासँगको राम्रो सम्बन्ध र सम्पर्क बनेको भन्दै रास्वपाले थप पैदलयात्राहरू गर्न लागेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *