आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा

news-details

आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् ।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

कतिपय ठाउँमा यसलाई नहान अर्थात् मकर नुहाउने पर्वकारुपमा मनाइन्छ भने नुवाकोटको तारुकामा भने गोरु जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । नुवाकोटमा यसवर्ष पनि गोरु जुधाइँको हुँदैछ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

त्यहीकारण आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत नदी तथा धार्मिक स्नानस्थलहरुमा मकर नुहाउने भक्तजनको भीड लाग्ने गर्दछ ।

देशभर मनाइने यो वर्षलाई लक्षित गर्दै सरकारले सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *