नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी चयन भएका छन् ।
आज भएको निर्वाचन प्रक्रियामा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
नाउपाको महाधिवेशन कैलालीको टीकापुरमा जारी छ ।
महाधिवेशनबाट अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन् ।








