बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी युवती ‘गौशाला २६’ ले व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन ।
गौशाला -६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो।
उनले उजुरी दिएपछि साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसअघि गौशाला-२६ को पहिचान खुलाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापानका सदस्य दिवश सापकोटालाई रास्वपाले निलम्बन गरेको जनाएको छ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।








