कोशी प्रदेशको सभामुखका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई नेकपा (एमाले) ले पनि समर्थन गर्ने भएको छ।

आज बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।

गठबन्धनले पनि यसअघि नै विष्टलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । जसले गर्दा विष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने देखिएको छ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ।