राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न चार दलको बैठक सुरू

news-details

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन् ।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमतिको खाका भएको थियो । तर एकीकृत समाजवादीले त्यो खाकामा असन्तुष्टि जनाएको थियो ।

अहिलेको बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन् । ‘सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अघि बढ्ने प्रयास हुन्छ । नभए माओवादी केन्द्रले एक सिट छोड्नु पर्ने हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले भने ।

राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ भने त्यसकालागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *