राष्ट्रिय सभामा सिट बाँडफाँडका लागि आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

news-details

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिट बाँडफाँडका लागि शनिबार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको प्रमुख सचेतक लेखकले बताए। एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो। यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए। एमालेले गठबन्धनसँग ६ सिट मागेको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *