नेकपा एसको सचिवालय बैठक बस्दै, राष्ट्रियसभाका उम्मेदवारको टुङ्गो लगाउने

news-details

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो ।

बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

खतिवडाका अनुसार, राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।

विभिन्न जिल्ला तथा जनवर्गीय संगठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *