सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

news-details

सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्नेरनगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

उनका अनुसार आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *