राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

news-details

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकोे सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका छन् । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १२ बजे बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । सत्ता गठबन्धनमा हुन लागेको भागबण्डामा एमालेले ६ सिट दाबी गरेको छ भने त्यसबारे एमालेभित्रै दुई थरी मत छन् ।

शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने नेताहरूले बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *