तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते, तीन गम्भिर

news-details

वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ ।

गम्भिर ३ जनालाई थपउपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *