सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, राष्ट्रियसभाको सिट बाँडफाँडबारे छलफल हुने

news-details

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धन दल एमालेलाई समेत साथै लिएर अघि बढ्न तयार भएका छन् ।

बुधबार बसेको बैठकमा नीतिगत समझदारी भएपनि सिट संख्यामा टुंगो नलागेपछि बिहीबार फेरि छलफल गर्ने गरी बुधबारको बैठक सकिएको थियो ।

एमालेलाई कति सिट दिने भन्ने विषयमा गठबन्धनमा प्रश्न उठेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारे एमाले र गठबन्धन दुवैसँग पटक पटक छलफल गरेर समझदारी बनाएपनि सिट संख्याबारे सहमति भएको छैन ।

बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव के हो भनेर सोधेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले त्यसबारे थप छलफल गर्नुपर्ने बताएपछि बैठकले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव लिएर आउन आग्रह गरेको थियो ।

बिहीबार विहान दाहालले एमाले नेताहरूसँग छलफल गर्ने र त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच हुने नेताहरूले बताएका छन् ।

११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *