राष्ट्रियसभामा एमालेलाई पनि समेटन सत्ता गठबन्धनका दलहरू सकारात्मक, आज साझ एमालेसँग छलफल गर्ने
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाटबारे सत्ता गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि छलफल गर्ने भएको छ।
बैठकले आज दिउँसो तीन बजे कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग संयसक्त छलफल गर्ने र लगत्तै साँझ पाँच बजे एमालेसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।
यो छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न तीन बजे बस्ने सहमति भएको र साँझ पाँचबजे नेकपा एमालेसँग संयुक्त बैठक बस्ने निर्णय भएको हो ।








