नागार्जुन चौतारीको प्रथम अधिवेशनले अध्यक्ष पदमा टेकबहादुर कार्की (टिबी)लाई सर्वसम्मत चयन गरेको छ ।

नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

जसअन्तर्गत अध्यक्ष पदमा टिबी कार्की, उपाध्यक्षमा ज्ञानबहादुर केसी र सपना अर्याल (बानियाँ), सचिवमा महेश्वर शर्मा, कोषाध्यक्षमा निलप्रसाद घिमीरे चयन भएका छन् भने सदस्यहरुमा ईन्द्रजित राई, कोमलप्रसाद अधिकारी, तिलकप्रसाद खड्का, जानका नेपाल, बिन्दु सुनाम, यमुना श्रेष्ठ, पुनम मण्डल, शान्ता पन्त (अर्याल) र रमा आचार्य निर्विरोध चयन भएका हुन् ।

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

काठमाडौंको नागार्जुन नगरपालिकामा बसोवास गर्ने नगरवासीहरुको साझा संस्थाको रुपमा स्थापना गरिएको यस संस्थाले नगरवासीलाई स्वास्थ्य, शिक्षा र प्राकृतिक आपत् विपत्मा सहयोग गर्ने तथा उद्योग, कृषि, पर्यटनको क्षेत्र विकास गर्ने उद्देश्य लिएको अध्यक्ष टिबी कार्कीले जानकारी दिए ।

स्थापनाको ६ महिना नपुग्दै नागार्जुन नगरपालिकाकै ठूलो संस्था बनाउन सफल भएको भन्दै अध्यक्ष कार्कीले यस संस्थालाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले अहिलेसम्म २० लाख रुपैया भन्दा बढी रकम सहयोग गरिसकेको बताए । उनले निकट भविष्यमा संस्थाले आफ्नै भवन र नागार्जुन नगरपालिकामा एउटा क्रियापुत्री भवन निर्माण गर्ने प्रतिवद्धता जनाए ।

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

त्यस्तै कार्यक्रममा नगरप्रमुख बस्नेतले गरिब, असाहय र विपन्न परिवारलाई सहयोग गर्न विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुले एकढिक्का भएर संस्था स्थापना गरेकोमा आफूलाई गौरव महशुस भएको बताए । उनले यस संस्थाले नागार्जुन नगरपालिकाबाट देशैभर राम्रो सन्देश दिने समेत विश्वास रहेको बताए ।

उनले भने –‘नागार्जुन नगरपालिका काठमाडौंमै रहेर पनि धेरै पछि परेको छ । यहाँका गाउँहरुको जनजीवन कर्णालीभन्दा पनि भयावह छ । त्यसैले आगामी दिनहरुमा यस्ता समस्याहरुको समाधान गर्न नागार्जुन चौतारीको पनि विशेष भूमिका रहनेमा म ढुक्क छु ।’

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

अधिवेशन समारोहबाटै संस्थाको आजिवन सदस्य बनेका नगरप्रमुख बस्नेतले संस्थाको आफ्नै भवन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउँने प्रतिवद्धता व्यक्त गरे । उनले सामाजिक कार्यका लागि संस्थाालाई तत्काल १० लाख रुपैयाँ नगरपालिकाले उपलब्ध गराउँने समेत जानकारी दिए । साथै संस्थाले आगामी दिनहरुमा नगर विकासका कार्यहरुलाई सहायता गर्ने विश्वास लिएको बताउदै संस्थाप्रति आफू लगायत सिंगो नगरपालिकाको भरपुर साथ र सहयोग रहने समेत वचनवद्धता जनाए ।

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

त्यस्तै कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष तथा संस्थाका सल्लाहकार ज्योती बाँनियाले सरकारलाई सहजिकरण गर्न तथा नागार्जुन नगरपालिकामा स्वास्थ्य, शिक्षा, विपत् व्यवस्थापन तथा विभिन्न सामाजिक कार्यहरु गर्नका लागि विशिष्ट व्यक्तित्वहरुको सहभागितामा नागार्जुन चौतारीको स्थापना गरेको जानकारी दिए । यस चौतारीले नागार्जुन नगरपालिकामा मात्रै नभएर सिंगो नेपालभर नै विपत् व्यवस्थापनमा साथ र सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा नेपाल सरकारका सचिव तथा संस्थाका सल्लाहकार गोकर्णमणि दवाडीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाप्रति आफ्नो सधैं सद्भाव, समर्थन र पूर्ण सहयोग रहने वचनवद्धता दिलाए ।

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु सबैजना अनुभवी, डायनामिक रहेको बताउँदै प्रदेश सांसद उद्धव थापाले संस्था चाँडै आफ्नो गन्तव्यमा पुग्नेमा आफू विश्वस्त रहेको बताए । उनले संस्थालाई पार्टीगत रुपमाभन्दा पनि सामाजिक रुपमा काम गर्दै लैजान समेत सबैलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले एनआरएनएमा रहेर विश्वमाझ रहेका नेपालीहरुको नेतृत्व गरिसकेका टिबी कार्कीको अध्यक्षतामा नयाँ बनेको कार्यसमितिले एकदमै राम्रो काम गर्नेमा आफू आशावादी रहेको बताए । साथै संस्थासँग आफू पनि हातेमालो गर्दै जाने र संस्थाले गरेका कार्यहरुमा आफ्नो पनि साथ र सहयोग रहने विश्वास दिलाए ।

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

वागमती प्रदेश सांसद बसन्त मानन्धरले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै स्थानीय जनताको समस्या संवोधन गर्न नागार्जुन चौतारी स्थापना भएकोमा खुशी व्यक्त गरे । उनले संस्थालाई दृढ इच्छाशक्ति सहित घर आँगनको स्थानीय सरकार बनेर काम गर्न आग्रह गर्दै प्रदेश सरकारले गर्नुपर्ने सहयोग गर्नका लागि आफू सधैं तत्पर रहेको समेत जानकारी दिए ।

त्यस्तै कार्यक्रममा निर्वाचन कमिटिका सदस्य तथा सहसचिव हुमनाथ शर्मा, पूर्वसहसचिव नारायण शर्मा र पूर्वसहसचिव जर्नादन गुरागाईले नवनिर्वाचित कार्यसमितीलाई सपथ ग्रहण गराएका थिए ।

संस्थाले अधिवेशनसँगै बनभाज कार्यक्रमसमेत आयोजना गरेको थियो । बनभोज कार्यक्रममा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । सो अवसरमा संस्थाका आजिवन सदस्य तथा उनीहरुका परिवार र नागार्जुनवासीहरु २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

नागार्जुन चौतारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा टिबी कार्की सर्वसम्मतले चयन

स्थापनाको ६ महिनामै १४० जना भन्दा बढी आजीवन सदस्य रहेको नागार्जुन चौतारी संस्थामा नेपाल सरकारका उच्च ओहदामा पुगिसकेका पूर्वकर्मचारीहरु, इन्जिनियरहरु, वकिलहरु लगायत बौद्धिक सर्कलका व्यक्तित्वहरुको सदस्यता रहेको छ भने आजीवन सदस्य बन्ने प्रतिवद्धता जनाउनेहरु पनि धेरै रहेका छन ।