रोटरी क्लब अफ राजधानीले साक्षरता अभियान अन्तर्गत चाल्नाखेल आधारभूत विद्यालयमा निर्माण गरेको अपांङ्गमैत्री शौचालयको एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ राजधानी र रोटरी नेपाल लिट्रेसी मिशन (आरएनएलएम) को आर्थिक सहयोगमा उक्त शौचालय निर्माण भएको हो । राजधानीका पूर्व अध्यक्ष डा. भवानी प्रसाद ढुंगानाले सो अभियानका लागि रु १ लाख प्रदान गरी निर्माण कार्यको सुरुवात भएको थियो ।

रोटरी क्लब अफ राजधानीले निर्माण ग-यो अपांङ्गमैत्री शौचालय

शौचालयको निर्माणका क्रममा टायल वरिष्ठ फोटोग्राफर समेत रहेका अस्सिटेन्ट गभर्नर राजभाइ सुवालले प्रदान गरेका थिए ।

शौचालय हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ राजधानीका प्रेसिडेन्ट केपी उपाध्यायले सबैको सहयोगमा शौचालय निर्माण भएकोमा खुशी व्यक्त गरे ।

‘रोटरियन सन्जिव मानन्धनरको संयोजन, डा. भवानी ढुँगानाको आर्थिक सहयोग, अस्सिटेन्ट गभर्नर राजभाइ सुवाल र आरएनएलएम प्रति क्लब आभार व्यक्त गर्दछ’ प्रेसिडेन्ट उपाध्यायले भने ।

‘विद्यालयलाई यो सानो उपहार प्रदान गरेका छौं । विशेषगरी महिला छात्राले धेरै लाभ लिनेमा विश्वास गरेका छौं ।’ – राजधानीका सर्भिस प्रोजेक्ट चेयर प्रदिप कुमार श्रेष्ठले भने ।

रोटरी क्लब अफ राजधानीले निर्माण ग-यो अपांङ्गमैत्री शौचालय

सो अवसरका अस्सिटेन्ट गर्भनर राजभाइ सुवाल, आरएनएलएमका को–चेयर राजेश थापा, शौचालय निर्माणको संयोजन गर्नुभएका सन्जिव मानन्धर र दक्षिणकाली नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष जय थापा मगरले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालय परिवारको तर्फबाट प्रधानाध्यापक केशबराज भट्टराई र विद्यालयका इन्चार्ज किरण नेपालीले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।
करिब ४ लाखमा अपांङ्गमैत्री २ कोठे शौचालय निर्माण सम्पन्न भएको हो । ८ कक्षा सम्म अध्यापन हुने उक्त विद्यालयमा एक सय उनन्चालिस विद्यार्थी अध्ययनरत रहेका छन् । जसका ६७ जना विद्यार्थी छात्रा रहेका छन् ।

छात्रबृत्ति प्रदान

रोटरी क्लब अफ राजधानीले साक्षरता अभियान अन्तर्गत चम्पादेवी माध्यमिक विद्यालयका दुई जना छात्रालाई छात्रबृत्ति प्रदान गरेको छ । कक्षा ९ मा अध्ययनरत सुनिता तामाङलाई छब्बिस हजार आठ सय पच्चिस रुपैयाँ र कक्षा ४ मा अध्ययनरत श्रेया सुनारलाई आठ हजार पाँच सय रुपैयाँ नगद छात्रबृत्ति प्रदान गरेको हो ।

रोटरी क्लब अफ राजधानीले निर्माण ग-यो अपांङ्गमैत्री शौचालय

छात्रबृत्ति प्रदान कार्यक्रममा क्लबका प्रेसिडेन्ट केपी उपाध्यायले छात्रा विद्यार्थीको शैक्षिक उन्नयनका लागि क्लबले छात्रबृत्ति प्रदान गरेको जानकारी दिए ।

सो अवसरमा क्लबका मानार्थ सदस्य समेत रहनुभएका सर्वाेच्च अदालतका पूर्व न्यायाधिश बलराम केसीले छात्रबृत्ति प्राप्त गरेकी सुनिता तामाङलाई भविष्यमा कानुन विषय अध्ययन गरेमा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।