बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
तर पीडित नाबालिग भनिएको दाबी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ।
पीडित र पीडक दुवैतर्फका वकिलहरूको बहस सकेर आज आदेश सुनाइएको हो ।
सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।








