ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनापछि गम्भीर घाइते भएर उपचारका लागि अस्पताल पुर्याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको जानकारी दिए ।
यसअघि प्रदर्शनको क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
यसैबीच दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीका अनुसार डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षामा फारम नै भर्न नपाएको भन्दै युवाहरुले शुक्रबार बिहान प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर समेत गरेको थियो ।








