कोरिया भाषामा अनुत्तीर्ण युवाहरुले मन्त्रीको गाडिमा लगाए आगो, बालकुमारी क्षेत्र तनावग्रस्त

news-details

कोरिया भाषा परीक्षामा अनुत्तीर्ण युवाहरुले फेरि भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन गर्ने क्रममा मन्त्रीकोे गाडिमा आगो लगाएका छन् ।

कोरियाको जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै ललितपुरको बालकुमारी सडकमा उत्रिएर प्रदर्शन गर्दा मन्त्रीको गाडिमा आगो लगाएका हुन् ।

बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको रहेको जनाइएको छ । उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेर उनलाई बाहिर निकालि आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि मन्त्री ज्वाला गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ प्रत्यक्षदर्शी उमेश दाहालले रोजगार मञ्चलाई जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *