नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिटको पेसी आज तोकिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिए पनि गभर्नर अधिकारीले स्नातकोत्तर नगरेको दाबी गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ । गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।