हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

देशभर तापक्रम घट्दो दरमा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।