समाजवादी मोर्चाको बैठक जारी छ । बुधबार बिहानबाट प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ ।








