राष्ट्रियसभा सदस्यका लागि कांग्रेस कोशी प्रदेशबाट नाम सिफारिस

news-details

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । समिति सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लाबाट आएका सिफारिसका आधारमा केन्द्रीय समितिमा नाम सिफारिस गरको हो ।

कांग्रेसको कोशी प्रदेश समितिका सूचना तथा सञ्चार संयोजक बाशु कोइरालाका अनुसार पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरिएको हो ।

यसैगरी, पूर्वसांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, नेताहरु उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि सिफारिस गरिएको छ ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको पदावधि सकिँदैछ । गठबन्धनबीच भागबण्डा हुँदा एकजनाको कोटा कांग्रेसले पाउने सम्भावना छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *