राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न जसपाको बैठक बस्दै

news-details

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज मंगलबार बस्ने भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेदेखि बैठक बस्ने भएको हो ।

बैठकले आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्ने पार्टी सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *