क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसि तोकिएको छ ।

यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाप देखाउँदै यसअघि पटक पटक पेसी सर्दै आएको छ ।

पछिललो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।