बारामा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, २७ घाइते

news-details

बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *