एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र अधिवेशन स्थगित

news-details

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद्को बैठक र तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।

नेता जीवनराम श्रेष्ठका अनुसार केन्द्रीय सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको हो ।

मंगलबार दोस्रो दिन बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको उनले बताए । सचिवालय बैठक शनिबार बस्नेगरी स्थगित भएको छ ।

‘नेकपा एकीकृत समाजवादीको माघको १४ र १५ गतेलाई राखिएको केन्द्रीय परिषद् बैठक १५ गतेपछि मात्र तिथि तोक्ने गरी हाललाई स्थगित गर्ने निर्णय भएको छ । बैठक शनिबार निरन्तर हुन्छ ।’

आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहेको उनले जानकारी दिए ।

‘केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने, निर्वाचनको विधि कस्तो गर्ने भन्ने विकल्पमा छलफल भइरहेको छ । संगठनको संरचनालाई प्रदेश, जिल्ला, निर्वाचन समन्वय कमिटी, नगर कमिटी र पालिका मातहतका कमिटीहरु छन् । त्यसमा पनि कुन संरचनाको ढाँचामा जाने, कार्यकारी कमिटी कुन–कुनलाई बनाउने, समन्वयकारी कमिटीहरु कुन–कुनलाई बनाउने भन्ने विषयमा छलफल अगाडि बढिरहेको छ,’ नेता श्रेष्ठले भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *