ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वाटर भित्र रहेको एक टहरामा आगलागी भएको हो ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेको प्रहरीले जनाएको छ ।