नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

news-details

नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारी बैठक बोलाएका हुन् । अध्यक्ष दाहाल प्रधानमन्त्री बनेको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

बैठकमा सरकार र गठबन्धनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीले सन्चालन गरेको अभियानको समीक्षा, राष्ट्रियसभा निर्वाचन, केन्द्रिय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुनेछ । सत्ता गठबन्धन दलले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझेदारी गरेरै उम्मेदवारी दिने निर्णय गरेका छन् । तर कुन दलले कति सिट पाउने भन्ने यकिन भइसकेको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *