दुई दिनदेखी जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज सकिदै छ।
जारी केन्द्रीय समिति बैठकले हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापना र संघीयता खारेजीको माग गर्दै आन्दोलनमा होमिने निर्णय गरेको छ।
आज विहान साढे १० बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा सुरु हुने बैठकले आन्दोलनको मिति तय गर्ने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
यसअघि बैठकमा महासचिवले सांगठनिक र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गरेका छन्। यस्तै हिजोको बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समीक्षा र समूहगत छलफल सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।








