प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन ।
सोमबार त्रिभुवन विश्वविद्याालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाएका छन ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए । उनले आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए । उनले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्ना विद्यार्थीलाई विश्व बजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।








