ललितपुरको झम्सीखेलमा गोली चलेको छ।
ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।
पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन् । राईको दाहिने खुट्टामा गोली लागेको छ।
उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । उनीबाट प्रहरीले कटुवा पेस्तोल, दुइटा गोली र लागुऔषध (एम्फेटामाइन) पनि बरामद गरेको एसपी रेग्मीले बताए।








