नागढुंगाबाट दुई किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको हो ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । पक्राउ पर्ने तीनजना गौरीशंकर गाउँपालिकाका व्यक्ति हुन् । उनीहरूले रसुवा नाकाबाट सुन ल्याएको खुलेको प्रहरीले बताएको छ ।
यस्तै, आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका थिए।








