निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

प्रकाशित मतदाता नामावलीमाथी दाबी विरोध लगायतका काम त्यसै दिनबाट सुरु भएर पुस २२ गते सम्पन्न हुने, त्यसै दिन अन्तिम मतदाता नामावलीसमेत प्रकाशन हुनेछ ।

यस्तै पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ ।

मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य पुस २७ गते दुई बजे सम्पन्न हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

यस्तै मतदान कार्य माघ ११ गते बिहान नौ बजेदेखि दिउसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना कार्य हुने जनाइएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्ता पुस २३ गते, यस्तो छ निर्वाचन कार्यतालिका