बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन । आइतबार दिउँसो १ बजेका लागि मुख्यमन्त्री जम्कट्टेलले बैठक बोलाएका हुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा गत बुधबार प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन ।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका निम्ति आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।








