बल्खुमा नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ । प्रसाईको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ता प्रवेश गरेपछि झडप भएको बताइएको छ ।
युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ ।
दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।
आज युवा संघ र प्रसाईंले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ भने दुर्गा प्रसाईंको समूहले बल्खु चोकमा गर्दैछ ।








