पतञ्जलि योग समितिको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झापाको दमकस्थित गणतन्त्र चोकमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता पतञ्जलिका केन्द्रीय युवा संयोजक योगनाथको रहेको थियो भने कार्यक्रममा दमक उद्योग वाणिज्य संघ लेखा समितिका सदस्य पदम राउत, दमक बहुमुखी क्याम्पसका सदस्य देउकुमार नेम्बाङ, दमक ९ का पूर्व वडा सदस्य सविन रिजालसहित योग समितिका पदाधिकारी र सर्वसाधारणले रक्तदान गरेको नेपाल स्यंमसेवी रक्तदाता समाज न्युरोड, काठमाडौंका अध्यक्ष केदारप्रसाद न्यौपानेले जानकारी दिए।

पतञ्जलि योग समितिको आयोजनामा दमकमा वृहत् रक्तदान कार्यक्रम
चाडपर्वको समयमा अस्पतालहरुमा रगतको अभाव हुन नदिन र रक्तअभावलले कसैको ज्यान नजाओस् भन्नका लागि योग समितिले खुल्ला रक्तदान कार्यक्रम गरेको सचिव रक्षा सुबेदीले जानकारी दिइन् ।

साथै रक्तदान कार्यक्रममा रक्तदाता सविन रिजाललले ८३ औं पटक रक्तदान गरेका थिए । कार्यक्रममा सामाजिक ब्यक्तित्व गणेश गौतम, दमक जेसीजका पूर्व अध्यक्ष सञ्जिब बराल, रक्तसञ्चार सेवा केन्द्र दमकका प्रमुख सिद्धार्थ दाहाल, भरत खाती, देउकुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

पतञ्जलि योग समितिको आयोजनामा दमकमा वृहत् रक्तदान कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १४ जना महिलासहित ४६ जनाले रक्तदान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

साथै योग समितिले आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने पतञ्जलि योग समितिका अध्यक्ष दुर्गा भण्डारीले बताइन् ।