नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा आजबाट सुनुवाइ सुरु

news-details

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाइ मंगलबार उच्च अदालत पाटनमा हुने भएको छ ।

साढे चार महिनादेखि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका मुद्दाको सुनुवाइ हुन लागेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले आजदेखि सुनुवाइ शुरु गर्ने गरी पेशी तोक्ने आदेश गरेको थियो ।

थुनामा रहेका प्रत्येक प्रतिवादीले बहसका लागि तीन जना कानुन व्यवसायी राखेका छन् । जस अनुसार ६० जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

गत असार २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ठगी, लिखत किर्ते, राज्यविरुद्धको संगठित अपराध मुद्दामा १८ जनामध्ये दुईजना बाहेकलाई थुनामा पठाउने आदेश दिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *