कैलालीमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, १७ घाइते

news-details

कैलालीको भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १७ जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *